आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार १३:४३ मा प्रकाशित (४ साल अघि) २८८ पाठक संख्या

काठमाडौं।/ सातारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा चलिरहेको छ। आजको बैठकमा सरकारको कामकारबाही, कोरोना महामारी नियन्त्रण तथा रोकथाम, भारतसँगको सीमा समस्या, पार्टी एकताका बाँकी कामलगायत विषयमा छलफल गर्ने कार्यसूची यसअघि नै तय भएको थियो। सोही कार्यसूची अनुसार बैठकमा छलफल चलिरहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारको महत्त्वपूर्ण काममा सहभागी हुनुपर्ने भएका कारण अध्यक्ष ओली बैठकमा उपस्थित नभएको बताए। ‘‘कार्यकारी अध्यक्षसँगको सल्लाहमा नै उहाँ अनुपस्थित हुनुभएको हो,’’ थापाले भने, ‘‘आजको बैठक कार्यकारी अध्यक्षज्यूले सञ्चालन गर्ने सहमतिअनुसार चलिरहेको छ।’’