आज: २० बैशाख २०८२, शनिबार | Sat, 03, May, 2025

राजतन्त्रको पक्षमा वीरेन्द्रनगरमा प्रदर्शन

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार १४:४७ मा प्रकाशित (४ साल अघि) ५८७ पाठक संख्या

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन गरिएको हो ।  प्रदर्शनमा सहभागीहरुले पूर्वराज ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पृथ्वीनारायण शाहको फोटोसहितको ब्यानर बोकेका थिए।

उनीहरुले गणतन्त्र धोका हो, हाम्रो राजा हाम्रो देश, गणतन्त्र मुर्दावाद, राज आउ देश बचाउ जस्ता नारा लगाएका थिए । स्वतन्त्र नागरिक संघर्ष समितिको नाममा प्रदर्शन गरिएको हो ।

वीरेन्द्रनगरको कालुञ्चौकबाट निश्किएको र्याली भैरवस्थान, बांगेसिमल, मंगलगढी चौक, हुँदै वीरेन्द्रचोकसम्म पुगेको थियो । पछिल्लो समय राजतन्त्रको पक्षमा देशका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेका छन् ।