आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

प्रचण्डले गरे मन्त्रिपरिषद् विस्तार,गृहमा रास्वपाका सभापति रवि (सूचीसहित)

गोकर्णेश्वर खबर२३ फाल्गुन २०८०, बुधबार १८:१३ मा प्रकाशित (१ साल अघि) ३१० पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रचण्डले पुनर्गठनपछि बुधबार विस्तार गरेको मन्त्रिपरिषद्‌मा नेकपा एस र जसपा समेटिएको छैन ।

नवनियुक्त मन्त्रीहरूको केहीबेरमा शीतलनिवासमा शपथ हुने छ ।

यस्तो छ मन्त्रीहरूको सूची

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
२. पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
३. हरि उप्रेती, रक्षा
४. भगवति चौधरी, महिला बालबालिका

५. राजेन्द्र राई, खानेपानी
६. दामोदर भण्डारी, उद्योग
७. ज्वालाकुमारी साह, कृषि
८. बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
२. वर्षमान पुन, अर्थ
३. शक्ति बस्नेत, ऊर्जा
४. रेखा शर्मा, सञ्चार
५. हितबहादुर तामाङ, पर्यटन

रास्वपा
१. रवि लामिछाने, उपप्रधान तथा गृह
२. डीपी अर्याल, श्रम
३. विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४. सुमना श्रेष्ठ, शिक्षा