आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

नामिबियासँग नेपालको लगातार दोस्रो हार

गोकर्णेश्वर खबर९ फाल्गुन २०८०, बुधबार १५:४१ मा प्रकाशित (२ महिना अघि) ६४ पाठक संख्या

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।