आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

स्वदेश फर्किएको नेपाली क्रिकेट टिमलाई विमानस्थलमा भव्य स्वागत

गोकर्णेश्वर खबर२० भाद्र २०८०, बुधबार १७:२४ मा प्रकाशित (१ साल अघि) २०७ पाठक संख्या

काठमाडौँ । नेपाली क्रिकेट टोली एसिया कप खेलेर बुधबार स्वदेश फर्किएको छ। क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

सशस्त्र प्रहरीको ब्याण्डले उनीहरूलाई बाजागाजासहित स्वागत गरेको हो। क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो।

नेपाली टोलीले एसिया कप अन्तर्गत क्रिकेटका दुई महारथी राष्ट्र पाकिस्तान र भारतसँग खेलेको थियो।

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले नेपाली टोली पराजित भएको थियो भने भारतसँगको खेलमा १० विकेटले पराजित हुन पुगेको थियो।

भारतसँग पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो।