आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

गोकर्णेश्वर खबर२० भाद्र २०८०, बुधबार १४:५५ मा प्रकाशित (१ साल अघि) १३१ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डप खुकुरी प्रहार भएको छ। रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको छ।

नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको ढुंगेलले जानकारी दिए। खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।