आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

दुई दिनदेखि हराइरहेका सेनाका गुल्मपति पण्डित अझै सम्पर्कविहीन

गोकर्णेश्वर खबर१२ भाद्र २०८०, मंगलवार १४:२४ मा प्रकाशित (१ साल अघि) १९७ पाठक संख्या

काठमाडौं । डोल्पा सदरमुकाम दुनै, नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कविहीन नै छन्।

आइतबार साँझदेखि हराइरहेका पण्डित मंगलबार बिहानसम्म पनि सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए।

‘आफन्तहरूले सोधिखोजी गरिरहनुभएको छ। उहाँ अहिलेसम्म सम्पर्कमा आउनु भएन,’ प्रजिअ पोखरेलले भने, ‘हामीले राति पनि खोजी कार्य जारी नै राख्यौं।’

प्रजिअ पोखरेलका अनुसार गुल्मपति पण्डित आइतबार साँझ ब्यारेकबाट एक घन्टाको दुरीमा रहेको त्रिपुराकोटमा देखिएका थिए। मोबाइलको अन्तिम लोकेसन पनि त्यहीँकै देखाएको उनले बताए।

पण्डित आइतबार अपराह्न ४ः५५ बजे ब्यारेकबाट निस्किएको र सम्पर्कविहीन भएको डोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज बुढाथोकीले बताए।

‘हामीले आज बिहान ५ बजेदेखि नै खोजी गरिरहेका छौं। अवस्था अझै अज्ञात नै छ,’ उनले भने।