आज: २३ बैशाख २०८२, मंगलवार | Tue, 06, May, 2025

कस्ताे छ बुधबारकाे माैसम ?

गोकर्णेश्वर खबर१० श्रावण २०८०, बुधबार ०७:३१ मा प्रकाशित (१ साल अघि) २४४ पाठक संख्या

काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाको भनाइ छ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।