आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

तातोपानी नाकामा सीमा सुरक्षा बैठक

गोकर्णेश्वर खबर२१ असार २०८०, बिहीबार ०७:४७ मा प्रकाशित (१0 महिना अघि) ११६ पाठक संख्या

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली र चिनियाँ अधिकारीबिच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। बुधबार भएको सो बैठकमा तातोपानी नाका दुईतर्फी खुल्दा दुई देशले सीमामा अवाञ्छित गतिविधि हुन नदिनेबारे छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो।

चिनियाँ पक्षले सीमा सुरक्षाबारे छलफल गर्दै तातोपानी नाका सहज बनाउनेबारे सुझाव मागेको उहाँले बताउनुभयो। बैठकमा निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा निकासी घर, भवन, अन्य पूर्वाधार निर्माण गरेको चिनियाँ पक्षले जानकारी दिएको छ। बैठकमा नेपालका तर्फबाट प्रजिअ न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक बाल नरसिंह राणा, उप–अनुसन्धान निर्देशक सुदीप अधिकारी, सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रवि केसी, इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ सहभागी हुनुभएको थियो।