आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

रत्न लाल स्मृति अन्तर विद्यालय फुटसल टुर्नामेण्ट मंसिर २० गतेबाट हुने 

गोकर्णेश्वर खबर९ मंसिर २०७९, शुक्रबार ०८:३८ मा प्रकाशित (१ साल अघि) १७८ पाठक संख्या

९ मंसिर, काठमाडौं । रत्न लाल स्मृति अन्तर विद्यालय फुटसल टुर्नामेण्ट मंसिर २० गतेबाट हुने भएको छ । मंसिर २० देखि २५ गते सम्म हुने प्रतियोगिता गोनपा ८ मा रहेको गोकर्णेश्वर फुटसल तथा फिटनेस क्लबमा हुनेछ ।

प्रतियोगितामा छात्र र छात्रा दुबै टिमले भाग लिन पाउनेछन् । छात्र तर्फ पहिलो हुनेले रु ३० हजार र दोश्रो हुनेले १५ हजार नगद पुरस्कार सहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् ।

छात्रा तर्फ पहिलो हुनेले रु १५ हजार र दोश्रो हुनेले ७ हजार ५ सय नगद पुरस्कार सहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् ।