आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

काठमाडौं क्षेत्र नं. ३ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना 

गोकर्णेश्वर खबर१६ आश्विन २०७९, आईतवार २२:५३ मा प्रकाशित (२ साल अघि) ५४२ पाठक संख्या

१६ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज गोकर्णेश्वर नगरपालिका वडा नं. ८ छहारी क्लब नजिक पुरानो वडा कार्यालय रहेको भवनमा काठमाडौं क्षेत्र नं. ३ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले काठमाडौं क्षेत्र नं. ३ मा निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण कामअघि बढाउने छ भने निर्वाचन आचारसंहिता पालना गरे/नगरेको विषयमा समेत अनुगमन गर्नेछ । कार्यालयले मनोनयन दर्ता देखि निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमसम्मका प्रक्रिया पुरा गर्नेछ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि मुख्य निर्वाचन अधिकृत न्यायाधिश राजु कुमार खतिवडा, निर्वाचन अधिकृत मन्दिरा शाहीका साथै गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा, वडा अध्यक्षहरु द्वारिका श्रेष्ठ, मुरारी प्रसाद कुईकेल, जयराम महत, वडा नं. ७ का का.वा. वडा अध्यक्ष गंगा प्रसाद खतिवडा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा लगायतका व्यक्तित्वहरुको समेत सहभागिता थियो ।