आज: २५ बैशाख २०८२, बिहीबार | Thu, 08, May, 2025

नेसनल प्याव्सन काठमाण्डौले शुभकामना आदान प्रदान कार्यक्रम असोज ७ गते गर्ने

गोकर्णेश्वर खबर६ आश्विन २०७९, बिहीबार ०७:२३ मा प्रकाशित (२ साल अघि) ३५५ पाठक संख्या

काठमाण्डौ ,असोज ६ ,
नेसनल प्याव्सन काठमाण्डौको शुभकामना आदान प्रदान तथा एसइइ सम्मान कार्यक्रम असोज ७ गते गर्ने भएको छ।
काठमाण्डौ धुम्बाराहीको स्मार्ट पार्टी भेन्युमा हुने कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदानका साथै एसइइ परिक्षामा सफल भएका विद्यार्थीहरुलाई सम्मान गरिनेछ।
नेसनल प्याव्सन काठमाण्डौका सदस्य विद्यालयहरुको सहभागितामा असोज ७ गते १२ बजे कार्यक्रममा हुने नेसनल प्याव्सन काठमाण्डौका सचिवालय सदस्य तथा संचार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिएको छ ।