आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

शनिबार माकलबारी सानो पुलमा रक्तदान कार्यक्रम हुने 

गोकर्णेश्वर खबर१६ भाद्र २०७९, बिहीबार २२:१९ मा प्रकाशित (१ साल अघि) १९१ पाठक संख्या

१६ भदौ, काठमाडौं । लायन्स क्लबहरुको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम हुने भएको छ ।

भदौ १८ गते माकलबारी सानो पुलमा बिहान साढे ९ बजेबाट रक्तदान कार्यक्रम शुरु हुने आयोजकले बताएका छन् ।

रक्तदान कार्यक्रम लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, लियो क्लब अफ काठमाडौं गोकर्णेश्वर, माकलबारी टोल सुधार समिति, लायन्स क्लब अफ काठमाडौं ग्रीन नेचर, लियो क्लब अफ काठमाडौं गोकर्णेश्वर बुढानीलकण्ठ र प्रगती महिला समुहको संयुक्त आयोजनामा हुन लागेको हो ।