आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

उपसभामुखद्वारा पद तथा गोपनीयताको शपथ

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार १८:४६ मा प्रकाशित (१ साल अघि) २४३ पाठक संख्या

१ साउन, काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । भुसालले आइतबार अपराह्न राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

गठबन्धनकी उम्मेदवार भुसाल एमालेकी विद्या भट्टराईलाई ५५ मतले पराजित गर्दै उपसभामुखमा निर्वाचित बनेकी हुन् ।