आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

जनप्रतिनिधिको क्षमता विकासका लागि काभ्रे कांग्रेसको प्रशिक्षण

गोकर्णेश्वर खबर१ श्रावण २०७९, आईतवार १७:०८ मा प्रकाशित (१ साल अघि) ३२६ पाठक संख्या

१ साउन, काठमाडौं । नेपाली कांग्रेस काभ्रेले जनप्रतिनिधिहरुको क्षमता विकासका लागि निर्वाचित जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । शनिबार बनेपामा आयोजित कार्यक्रम केन्द्रिय सदस्य एवम् पूर्व अर्थराज्यमन्त्री उदय शम्सेर राणाको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रम नेपाली कांग्रेस काभ्रे सभापति तीर्थ लामाको सभापतित्व तथा केन्द्रीय सदस्य गणेश लामाको विशेष आतिथ्यतामा भएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको क्षमता विकास गराउने उद्देश्यले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको जिल्ला कार्य समिति सचिव गुणराज मोक्तानले जानकारी दिए ।

प्रशिक्षणमा स्थानीय तहमा निर्वाचित जिल्ला समन्वय समितिका उपप्रमुख, नगरपालिकाका प्रमुख, उपप्रमुख, जिसस सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको मोक्तानले जानकारी दिए ।