आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

२०९औँ भानु जयन्ती : विभिन्न कार्यक्रम गरी मनाइँदै

गोकर्णेश्वर खबर२९ असार २०७९, बुधबार ०७:०६ मा प्रकाशित (१ साल अघि) ३१७ पाठक संख्या

काठमाडौँ – २९ असार, २०७९ ।आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९औँ भानु जयन्ती हो ।

नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ ।

हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ, भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

१८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो ।

उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो ।