आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

नयाँपाटीमा अन्तराष्ट्रिय प्रशिक्षकहरुबाट ५ दिने भलिबल कोच ट्रेनिङ शुरु

गोकर्णेश्वर खबर२६ असार २०७९, आईतवार १६:२८ मा प्रकाशित (१ साल अघि) ४३८ पाठक संख्या

२६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा भलिबल कोच ट्रेनिङ कार्यक्रमको उद्घाटन भएको छ । आज गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले कार्यक्रमको उद्द्धाटन गरेका हुन् ।

गोकर्णेश्वर नगरपालिका २ स्थित नयाँपाटीमा रहेको बाल वातावरण केन्द्र नेपालद्वारा महिला शिक्षकहरुका लागि लक्षित गरेर नेदरल्याण्ड भलिबल बोण्ड (नेभोवो) को सहकार्यमा अन्तराष्ट्रिय प्रशिक्षकहरुबाट कोच ट्रेनिङ कार्यक्रम हुनेछ ।

काभ्रे, सिन्धुपाल्चोक, दोलखा, धादिङ र काठमाडौंका विद्यालयलाई लक्षित गर्दै बालिकामैत्री भलिबल तथा जीवनोपयोगी सिप विषयक पाँच दिने शिक्षक प्रशिक्षण कार्यशाला हुने भएको हो ।

बाल वातावरण केन्द्र नेपालका उपाध्यक्ष रञ्जना उप्रेतिको अध्यक्षता तथा मेयर दीपक रिसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेदरल्याण्डका भलिबल प्रशिक्षक तथा नेपालका प्रशिक्षक कोपिला उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गोकर्ण मा.वि., सहयोगी उ.मा.वि., सुन्ताखान मा.वि.का छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।