आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

महिला समुहले आयमुलक व्यवसाय सञ्चालन अर्न आवश्यक छ मेयर रिसाल

गोकर्णेश्वर खबर२२ असार २०७९, बुधबार २०:४६ मा प्रकाशित (१ साल अघि) ३८३ पाठक संख्या

२२ असार, काठमाडौं । गोकर्णेश्वर ४ मा रहेको क्रियटिभ महिला समाजले आयोजना गरेको १ महिने ब्युटीसियन तालिमको आज समापन भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दीपक रिसालले महिला सशक्तिकरणका लागि सीपमुलक तालिमलाई ५ वर्षसम्म नगरपालिकाले प्राथमिकता दिएर सहयोग गरेकोले आगामि दिनमा त्यसबाट आयमुलक व्यवसाय सञ्चालन गर्न महिला तथा महिला समुह अग्रसर हुनु पर्ने बताए ।

निवर्तमान उपमेयर शान्ति नेपालले आर्थिक सशक्तिकरणका लागि महिला समुहको बिचमा एकता, सहकार्य हुनु पर्ने र त्यसबाट महिला सशक्तिकरणका कार्यक्रम सफल हुने र त्यस्ता अभियानले सार्थकता पाउने बताईन् ।

वडा अध्यक्ष जयराम महतले महिलाले सामुहिक रुपमा तालिम लिन तथा व्यवसाय गर्न चाहमा वडाले सहयोग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्रियटिभ महिला समाजका अध्यक्ष रेखा बस्नेत श्रेष्ठले तालिमले व्यवसायिक क्षमता अभिवृद्धिमा टेवा पुग्ने र महिलाको आर्थिक क्षमता विकासका लागि समेत तालिम सहयोगी हुने विश्वास व्यक्त गरिन् ।

समाजका अध्यक्ष रेखा बस्नेत श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा निवर्तमान उपमेयर शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाको विशेष आतिथ्यता तथा वडा अध्यक्ष जयराम महत तथा वडा सदस्यहरु गौरी माया श्रेष्ठ, सुनिता परियार, राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ, वडा सचिव नवराज सेन, प्रशिक्षक नमिता श्रेष्ठ, लगायतको आतिथ्यता रहेको थियो ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिम जेठ २१ देखि असार २० सम्म सञ्चालन भएको थियो । कार्यक्रममा तालिममा सहभागिहरुलाई नगर प्रमुख दीपक रिसालले तालिमको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।