आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

बोरिङ र खानेपानीको ट्याङ्कर संचालकलाई गोकर्णेश्वर नगरपालिकाको आग्रह 

गोकर्णेश्वर खबर१५ असार २०७९, बुधबार २०:४८ मा प्रकाशित (२ साल अघि) ४३३ पाठक संख्या

१५ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले सडक सुरक्षाको लागि जथाभावी पानी सडकमा बगाउने तथा चुहाउने कार्य नगर्न सूचना जारी गरेको छ ।

नगरपालिकाले बोरिङ संचालक र खानेपानीको ट्याङ्कर संचालकले पानी सडकमा खसाल्ने, चुहाउने काम ७ (सात) दिन भित्र बन्द गर्नु र सड़क किनारामा आवागमनलाई बाधा पुग्ने गरी सवारी पार्किङ्ग गर्ने कामलाई समेत ७ (सात) दिन भित्र बन्द गर्नु आग्रह गरेको छ ।
असार २० गते पछि यस किसिमका गल्ती पाईएमा कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख दीपक रिसालको हस्ताक्षर रहेको नगरपालिकाले सोमबार जारी गरेको सूचनामा भनिएको छ– “यस नगरपालिका क्षेत्रमा संचालित खानेपानीको बोरिङबाट निस्कने पानी र बोरिङबाट पानी भरेर खानेपानीको ट्याङ्कर गुड्ने क्रममा जथाभावी पानी सडकमा बग्ने तथा चुहिने भई सडक बिग्रिएर खाल्डा खुल्डी हुनका साथै सडक पिच गर्न बाधा भएको भनी जनगुनासो आएको हुँदा सबै बोरिङ संचालक र खानेपानीको ट्याङ्कर संचालकले पानी सडकमा खसाल्ने, चुहाउने काम ७ (सात) दिन भित्र बन्द गर्नु हुन र सड़क किनारामा आवागमनलाई बाधा पुग्ने गरी सवारी पार्किङ्ग गर्ने कामलाई समेत ७ (सात) दिन भित्र बन्द गर्नु हुन र तोकिएको समय पश्चात समेत यस किसिमका गल्ती दोहोरिएको पाइएमा नियम बमोजिम कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारी र पालनाको लागि यो सूचना प्रकाशित गरिएको छ ।”