आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

भुवाल डाँडा खुल्ला फुटसल प्रतियोगीताको उपाधि सूर्य फुटसललाई

गोकर्णेश्वर खबर१० असार २०७९, शुक्रबार ०८:०१ मा प्रकाशित (१ साल अघि) २२५ पाठक संख्या

१० असार, काठमाडौं । श्री भुवाल डाँडा युवा क्लबको आयोजनामा भएको सेभेन ए साइङ भुवाल डाँडा खुल्ला फुटसल प्रतियोगीता २०७९ को उपाधि सूर्य फुटसलले जितेको छ । जोरपाटी फुटसल एकेडेमी उपविजेता बनेको छ ।

यसैगरी, एरेना फुटसलमाथी विजयी हुँदै ढुकु फुटसलले तेस्रो स्थान हासिल गर्यो । विजयी टिमहरू प्रथम, द्वितिय र तृतियले क्रमश ः ७० हजार, ३० हजार र १० हजार सहित ट्रफी र प्रमाणपत्र हात पारे ।

यसैगरी सूर्य फुटसलका कृजल खड्काले सर्वाधिक गोलकर्ता, सूर्य फुटसलकै सौगात ठकुरीले उत्कृष्ठ गोलरक्षक र जोरपाटी फुटसल एकेडेमीका सुनिल गोलेले उत्कृष्ठ खेलाडिको पुरस्कार पाए ।

बौद्ध एरेना फुटसलमा खेलाईएको प्रतियोगिताको पुरस्कार वितरण समारोह श्री भुवाल डाँडा युवा क्लबका सदस्य विजय लामाको सभापतित्वमा गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा कामपा ६ बौद्धका वडा अध्यक्ष भुवन लामा र बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको विशेष आतिथ्यतामा भएको थियो ।

बिहिबार फाईनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसेले खेलकुदको विकास समाजको विकासको लागि महत्वपूर्ण हुने भएकोले गोकर्णेश्वर नगरपालिकाले खेलकुदको विकासलाई महत्व दिएर काम गरेको बताए ।

कार्यक्रममा कामपा ६ बौद्धका वडा अध्यक्ष भुवन लामाले आधुनिक युगमा खेलकुद मनोरञ्जनको विषय मात्र नभई मानव चेतनाको सम्बाहक र स्वास्थ्यका लागि पनि महत्वपूर्ण क्षेत्रको रुपमा विकास भईरहेकोले यसको विकासमा वडा नं. ६ ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले खेलकुदको विकासका लागि सरोकार निकाय जस्तै सामाजिक संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने जोड दिंदै यसका लागि आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए ।