आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

गोकर्णेश्वर वडा नं. ५ मा कांग्रेसको अग्रता फराकिलो हुँदै

गोकर्णेश्वर खबर२ जेष्ठ २०७९, सोमबार १६:२३ मा प्रकाशित (१ साल अघि) १६५७ पाठक संख्या

२ ज्येष्ठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको अग्रता फराकिलो भएको छ । २०४५ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवारहरुले फराकिलो अग्रता लिएका छन् ।

यस वडाबाट नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नारायण बहादुर सुवेदीले ९५८ मत ल्याएका छन् भनें एमालेकी वडा अध्यक्षकी उम्मेदवार तारा कुमारी सिम्खडा पुडासैनीले ४४५ मत ल्याएकी छिन् । वडा अध्यक्षमा सुवेदीले ५१३ मतले अग्रता लिएका छन् ।

यसैगरी, कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ७९१ मत पाएका छन् भनें एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ५३९ मत ल्याएका छन् । यस वडामा मेयरमा दीपक रिसालले २५२ मतले अग्रता लिएका छन् ।

यसैगरी, कांग्रेसका उपमेयर शान्ति नेपालले ७९० मत पाएकी छिन् भनें एमालेकी सान्नानी लामाले ५७५ मत पाएकी छिन् । यस वडामा उपमेयरमा शान्ति नेपालले २१५ मतले अग्रता लिएकी छिन् ।

यसैगरी कांग्रेसका महिला सदस्यले ९०७ मत, दलित महिला सदस्य ८५५ मत, वडा सदस्यले ७७२ मत र ८२९ मत सहित फराकिलो मत अन्तरले अग्रता लिएका छन् भनें एमालेका महिला सदस्यले ५२२ मत, दलित महिला सदस्य ५२१ मत, वडा सदस्यले ५३९ मत र ५२६ मत पाएका छन् ।