आज: २४ बैशाख २०८२, बुधबार | Wed, 07, May, 2025

छिरिङ दोर्जे लामा वागमति प्रदेश कार्यसमिति सदस्यमा मनोनीत 

गोकर्णेश्वर खबर६ चैत्र २०७८, आईतवार १७:४८ मा प्रकाशित (३ साल अघि) ८०८ पाठक संख्या

६ चैत, काठमाडौं । वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यमा मनोनित भएका छन् । कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाले विधानको धारा १३ (६) झ बमोजिम आज १६ जना सदस्य मनोनीत गरेका हुन् । लामा नेपाली कांग्रेस वागमति प्रदेश दलका सचेतक समेत रहेका छन् ।

आज १६ जना सदस्य मनोनीत गरिएको बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली नुवाकोट, तिलकप्रसाद रुवाली धादिङ, छिरिङ दोर्जे लामा काठमाडौं, अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौं, गौरी दवाडी काठमाडौं, रमेशकुमार बखती ललितपुर, हरिहर अधिकारी काठमाडौ, राजेश महर्जन ललितपुर, प्रभुराम श्रेष्ठ दोलखा र भगवतीकुमारी खड्का काठमाडौं रहेका छन् ।