आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

८ औं अन्तर स्कुल टिचर्स फुटसल टुर्नामेन्ट सम्पन्न

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७८, आईतवार ०९:०२ मा प्रकाशित (२ साल अघि) ४२४ पाठक संख्या

२२ फागुन, काठमाडौं । ८ औँ अन्तर स्कुल टिचर्स फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ । विद्या संस्कार स्कुल (चेल्सी) अत्तरखेल जोरपाटीको आयोजनामा सञ्चालित टुर्नामेन्टमा उपत्यकाका १२ विद्यालयहरूको सहभागिता रहेको थियो । शनिबार बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धरको प्रमुख आतिथ्यमा पुरस्कार वितरण तथा समापन कार्यक्रम भएको थियो ।

८ औँ अन्तर स्कुल टिचर्स फुटसल टुर्नामेन्टमा विद्या संस्कार स्कुल, एजिएम स्कुल, प्रिमियर ईन्टरनेशनल स्कुल, न्यु एरा स्कुल, न्यु जेनिथ स्कुल, सेन्ट जेभियर्स स्कुल जावलाखेल, एक्सेलसियर स्कुल, एस स्कुल, डेफोडिल स्कुल, रिब्स स्कुल, सैपाल एकेडेमी र एन्जेल्स हार्ट स्कुलको सहभागिता रहेको थियो ।

प्रतियोगितामा डेफोडिल स्कुलले प्रथम स्थान हासिल गर्न सफल भयो भनें विद्या संस्कार स्कुल द्वितीय स्थान ओगट्न सफल भएको छ । क्वार्टर फाईनलदेखिका हरेक खेलमा उत्कृष्ट खेल खेल्ने खेलाडीलाई म्यान अफ द म्याच प्रदान गरिएको थियो । प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ ।