आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, २५२६ संक्रमित थपिए

गोकर्णेश्वर खबर२१ माघ २०७८, शुक्रबार १९:१८ मा प्रकाशित (२ साल अघि) १५६ पाठक संख्या

२१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा २५२६ जना कोरोना संक्रमित थपिएका छन् । ११०७३ जनामा गरिएको नमूना परीक्षणमा २५२६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

२४ घण्टामा ५१३०५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले निको हुने संक्रमितहरुको दर ९२.९ प्रतिशत रहेको छ । नेपालमा हाल ५६ हजार ४५७ सक्रिय संक्रमित रहेका छन्।