आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

८ हजार ५०० अमेरिकी सेना युक्रेनमा परिचालन गर्न ‘हाई अलर्ट’मा

गोकर्णेश्वर खबर११ माघ २०७८, मंगलवार ०९:५३ मा प्रकाशित (२ साल अघि) १८९ पाठक संख्या

११ माघ, काठमाडौं । रुस र युक्रेनबीच युद्धको खतरा लगातार बढ्दै जाँदा अमेरिकोले सैनिकहरुलाई परिचालन गर्न ‘हाई अलर्ट’मा राखेको समाचार आएको छ । रुस र युक्रेनबीच युद्धको खतरा बढे पछि त्यसलाई मध्यनजर गर्दै अमेरिकी रक्षा विभाग पेन्टागनले ८ हजार ५ सय अमेरिकी सैनिकलाई पूर्वी युरोपमा तैनाथ गर्नका लागि हाईअलर्टमा राखेको छ । यस टोलीमा कम्ब्याट टोली, स्वास्थ्यकर्मी, गुप्तचर र सर्भेलेन्ट टिमका सदस्य सामेल रहेको जानकारी दिएका छन् ।

अहिलेसम्म यी सैनिकहरूलाई तैनाथीको आदेश वा कुनै मिसन दिइएको छैन । तर आवश्यकता अनुसार पूर्वी युरोपमा नेटोलाई मजबुत गर्नका लागि अमेरिकी सैनिक तैनाथ गर्न सकिने पेन्टागनले बताएको समाचार आएका छन् । युरोपमा अतिरिक्त अमेरिकी सैनिक तैनाथ गर्ने कुरा नेटोको फैसलामा हुनेछ ।

अमेरिकाका राष्टपतिले रुसले युक्रेनमा आक्रमण गरे त्यसको कडा प्रतिवाद गर्ने बताई सकेका छन् भनें बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि हमला गरे गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । रुसी सेनाले आयरल्याण्डको तटबाट मात्र १५० माइल टाढा सैन्य अभ्यास गर्ने घोषणा गरेपछि जोन्सनको यस्तो बयान आएको हो । रुसले एटलान्टिक, प्रशान्त र भूमध्यसागरमा आफ्ना १४० युद्धपोतको अभ्यास गर्ने घोषणा गरेको थियो ।

यता, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन र रुसबीचको तनाव कम गर्नका लागि राजनीतिक संवाद सुरु गर्न आग्रह गरेका छन् । उनले युद्धको साटो छलफलबाट समस्या समाधान गर्न अपिल गरेका हुन् ।