आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

नेपालमा एकैदिन थपिए १२ हजार ३३८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

गोकर्णेश्वर खबर६ माघ २०७८, बिहीबार १७:४१ मा प्रकाशित (२ साल अघि) २६२ पाठक संख्या

काठमाडौँ । नेपालमा बिहीबार १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २१ हजार ७ पिसिआर परीक्षणका क्रममा १० हजार ५२ जना र ५ हजार ४९० एन्टिजेन परीक्षणका क्रममा २ हजार २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६३२ जनाको ज्यान गएको छ ।

बिहीबार थप ६ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार ८०९ जना निको भएका छन् ।