आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह

गोकर्णेश्वर खबर३० पुष २०७८, शुक्रबार १५:३१ मा प्रकाशित (२ साल अघि) २९८ पाठक संख्या

३० पुष, काठमाडौं । निर्वाचन आयोगको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न बसेको बैठक भर्खरै सम्पन्न भएको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता विष्णु रिमालले समयमै स्थानीय तहको निर्वाचन गर्न आयोगलाई आग्रह गरेको जानकारी दिए ।

बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका सबै दल सहभागी थिए ।

बैठकमा राष्ट्रिय सभाको निर्वाचन, मतदाताको नामावली संकलन, स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको हो । बैठकमा आयोगलाई राजनीतिक दलले विभिन्न विषयमा सुझाव दिएका छन् । मतदानस्थल र मतदान केन्द्र बढाउनुपर्ने सुझाव दिएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।