आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेट

गोकर्णेश्वर खबर२४ पुष २०७८, शनिबार ११:४८ मा प्रकाशित (३ साल अघि) ४३६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार बालकोट पुगेका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा संसदको गतिरोध हटाउनेबारे दुई जनाबीच कुराकानी भएको छ।

यसैगरी, दुईबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो।

यसअघि बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीलाई भेटेका थिए।

आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै २३ भदौयता एमालेले सांसदका बैठकमा नाराबाजी गर्दै आएको छ।