आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

गुजरात भाइब्रेन्ट समिट स्थगित : प्रधानमन्त्रीको भारत भ्रमण रोकियो

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार १५:२८ मा प्रकाशित (२ साल अघि) ३२५ पाठक संख्या

२२ पुष, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएको छ । पुस २६ र २७ गते गुजरातको गान्धीनगरमा उक्त कार्यक्रम हुँदै थियो ।

सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ ।

भारतमा एक दिनमै ९१ हजार कोभिड संक्रमित भेटिएका छन् । गुजरातमा पनि संक्रमितहरुको संख्या बढेपछि कार्यक्रमलाई स्थगन गरिएको हो ।