आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

गोकर्णेश्वरमा स्वास्थ्य बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार १५:५७ मा प्रकाशित (३ साल अघि) ४१६ पाठक संख्या

२१ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा स्वास्थ्य बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार नगरपालिकाको सभा हलमा स्वास्थ्य बीमा बोर्ड टेकुको आयोजनामा नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले स्वास्थ्य बीमा कार्यक्रम सबैको लागि राम्रो भएकोमा जोड दिंदै विपन्न नागरिकहरुका लागि अत्यावश्यक भएको बताए । उनले सबै नगरवासीहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा जोड्न अथक प्रयास गर्ने समेत बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, वडा अध्यक्षहरु राम मानन्धर, कृष्ण बहादुर पण्डित, राजेन्द्र भण्डारी, श्रीकुमार श्रेष्ठ, रमेश अर्याल, नारायण बहादुर सुवेदी, केशव गुरुङ, मनोज कुमार ढुंगानाको उपस्थिती रहेको थियो । यसैगरी, कार्यक्रममा नगरपालिकाका कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।