आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

प्रचण्ड नै पुनः माओवादी केन्द्रको अध्यक्ष चयन

गोकर्णेश्वर खबर१९ पुष २०७८, सोमबार २१:१४ मा प्रकाशित (२ साल अघि) ५०८ पाठक संख्या

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड पुनः माओवादी केन्द्रको अध्यक्ष भएका छन्।

सोमबार राजधानीमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन भएका हुन्।

कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अगाडि सारेका थिए।

माओवादीको आठौं महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको थियो। सोमबार बसेको बैठकमा चयन भएका सदस्यले सपथ लिएका छन्।

सपथ ग्रहणपछि पदाधिकारी चयन गर्न बैठक बसेको थियो।

प्रचण्डले जनयुद्धदेखि लगातार पार्टीको नेतृत्व गरिरहेका छन‍्।