आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

रेश्मा बोम्जनको नयाँ सेलो “मूंगाको माला” सार्वजनिक

गोकर्णेश्वर खबर१५ पुष २०७८, बिहीबार २०:४० मा प्रकाशित (२ साल अघि) ५७९ पाठक संख्या

१५ पुष, काठमाडौं । लोकप्रिय गायिका रेश्मा बोम्जनको नयाँ सेलो गीत “मूंगाको माला” सार्वजनिक भएको छ । बुधबार बानेश्वरमा एक कार्यक्रमका बीच सो सेलो गितको भिडियो रिलिज भएको छ ।

सुमधुर स्वरकी धनी लोकप्रिय गायिका रेश्मा बोम्जन विशेष गरि सेलो गित संगितको क्षेत्रमा निरन्तर क्रियाशिल छिन् । गायिका बोम्जनको यस अघिका सेलो गीतहरु चर्चित छन् । उनको स्वर रहेको तामाङकी चेलि, डम्फु र सेलो, टुङ्नाको मीठो धुन आदी निकै चर्चामा आएका सफल गित हुन् ।

मूंगाको मालामा शब्द कुमार स्याङ्बा, संगित चन्द्रकुमार दोङ, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियोको निर्देशन युवराज वाईबाले गरेका छन् भनें क्यामरा पर्सन सागर प्रधान रहेका छन् । भिडियो सम्पादन विकेश दाहालले गरेका छन् । त्यस्तै अभिनयमा निराञ्जली, कुन्साङ र रजनि लगायतका कलाकारहरु रहेका छन् ।

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् :