आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

नेकपा (एकीकृत समाजवादी) र जनवादी पार्टीबीच मंगलबार एकता हुँदै

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार २२:१८ मा प्रकाशित (२ साल अघि) ८२८ पाठक संख्या

१२ पुष, काठमाडौं । माधव नेपालको अध्यक्षतामा गठन भएको नेकपा (एकीकृत समाजवादी) र विप्लव माओवादीबाट टुक्रिएर गठन भएको नेकपा (जनवादी) पार्टीबीच एकता हुने भएको छ ।

मंगलबार मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकताको घोषणा हुने एकीकृत समाजवादीले फेसबुक पेजमार्फत् जानकारी दिएको छ ।

दुई पार्टीको एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुने जनाईएको छ ।