आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ प्रदेश (क ) को सभापतिमा उम्मेदवारी दिने श्रीराम चालीसेको घाेषणा

गोकर्णेश्वर खबर२३ कार्तिक २०७८, मंगलवार ०९:३० मा प्रकाशित (२ साल अघि) ७६९ पाठक संख्या
काठमाडौं , नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ तरुण दलका महाधिवेशन प्रतिनिधि श्रीराम चालीसेले प्रदेश (क ) को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार जोरपाटीमा भएको नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ प्रदेश (क ) को भेलामा उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपाली काङ्ग्रेसलाई स्थानीय क्षेत्रमा बलियो बनाई आसन्न तीन वटै चुनावमा काङ्ग्रेस पार्टीलाई शानदार जीत दिलाउन आफुले प्रदेश (क) को सभापतिमा उम्मेदवारी दिने चालीसेले बताए ।
पार्टी संगठनलाई चलायमान र एकताबध्द बनाउन युवा नेतृत्व आवस्यकता रहेकोमा जोड दिदै उनले आफुलाई प्रदेश (क) सभापतिमा जिताउन अनुरोध गरेका छन ।