आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रु अमेरिका जान पाउने

गोकर्णेश्वर खबर२२ कार्तिक २०७८, सोमबार १७:१५ मा प्रकाशित (२ साल अघि) १७५ पाठक संख्या

बीबीसी । कोभिड १९ महामारीका कारण अमेरिकाले २० महिनासम्म लगाएको आवागमन प्रतिबन्ध अन्त्य गर्दै पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गर्दैछ ।

अमेरिकाले पूर्ण खोप लगाएकाहरूको लागि क्यानडा र मेक्सिकोसँगको जमीनतर्फको सीमा पनि खोलिनेछ ।

विमान सेवाहरूले पूर्ण मात्रामा खोप लगाएका यात्रुमाथिको प्रतिबन्ध हटाइएकाले यात्रु आवागमन बढ्ने अपेक्षा गरेका छन् ।

कोभिड १९ महामारीका कारण अमेरिकाले २० महिनासम्म लगाएको आवागमन प्रतिबन्धका कारण पर्यटन उद्योगमा ठूलो धक्का लागेको थियो ।