आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

२७ गतेबाट जोरपाटी–सुन्दरीजल सडक कालोपत्रे शुरु हुने, सडकमा पानी नहाल्न नगरपालिकाको आग्रह

गोकर्णेश्वर खबर२२ कार्तिक २०७८, सोमबार १६:४० मा प्रकाशित (२ साल अघि) ७८४ पाठक संख्या

फाईल तस्विर

काठमाडौं । गोकर्णेश्वर नगरपालिका जोरपाटी सुन्दरीजल खण्डमा सडक कालोपत्रे (पिच) हुने भएको छ ।

आज गोकर्णेश्वर नगरपालिकाले जारी गरेको सुचनामा कात्तिक २७/२८ गते कालोपत्रे गरिने भएकोले सडकमा पानी नहाल्न नगरपालिकाले अनुरोध गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको सुचनामा कात्तिक २७/२८ गते कालोपत्रे गरिने भएकोले सडकमा पानी नहाल्न अनुरोध गरिएको छ ।

सुचनामा भनिएको छ– “हामी सबैको चासो र सरोकारको रुपमा रहेको जोरपाटी सुन्दरीजल सडक यहि २०७८ साल कात्तिक २७/२८ गते कालोपत्रे (पिच) हुन गइरहेको र सडक निर्माण कार्यलाई बलियो र मजबुत बनाउन पिच गर्नु भन्दा एक हप्ता अगाडी देखि सडकलाई सुख्खा राख्नु पर्ने हुँदा कोहि कसैका तर्फबाट सो सडकमा पानी राख्ने वा पानी पोख्ने कार्य नगरी सहयोग गरिदिनु हुन सडक किनाराका आम नागरिक लगायत सरोकारवाला सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गरिन्छ ।”

फाईल तस्विर