आज: २० बैशाख २०८२, शनिबार | Sat, 03, May, 2025

गोकर्णेश्वरको उत्तरगयामा सेलाइयो महाकालीको मूर्ति

गोकर्णेश्वर खबर२९ आश्विन २०७८, शुक्रबार १९:४८ मा प्रकाशित (३ साल अघि) २०९ पाठक संख्या

काठमाडौँ । बडा दसैँमा विशेषगरी नवदुर्गाको पूजा गर्ने गरिन्छ । दुर्गा भवानीको नौवटा रुपलाई दसैँको सुरुवाती दिन ‘घटस्थापना’देखि ‘महानवमी’ गरी नौ दिनसम्म पुज्ने गरिन्छ ।

तराई क्षेत्रमा बसोबास गर्ने हिन्दुहरूले भने दसैँमा टिका लगाउनु भन्दा पनि महाकालीको नौ दिनसम्म माटोको महाकालीको मूर्ति स्थापना गरी पूजा आराधना गरेसँगै उक्त मूर्तिलाई विजया दशमीको दिन पवित्र नदीमा लगेर सेलाउने गरिन्छ ।

काठमाडौँ गोकर्णेश्वर  उत्तरगयाको  श्रीकान्ती भैरव मन्दिर परिसरको बागमती किनारमा महाकालीसहितका देवी/देवताहरूको मूर्ति सेलाउँदै भक्तजनहरू