आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

बहिनी बलात्कार गर्ने नेपाली युवकलाई भारतमा मृत्युदण्डको सजाय

गोकर्णेश्वर खबर१० आश्विन २०७८, आईतवार ११:४८ मा प्रकाशित (२ साल अघि) १७० पाठक संख्या

काठमाडौं । नावालक सौतेनी बहिनीलाई बलात्कार गरेको अभियोगमा बझाङका एक युवकले भारतमा मृत्युदण्ड ९फाँसी०को सजाय पाएका छन्।

बझाङ घर भएका ३१ वर्षीय युवकलाई आफ्नी चार वर्षीया सौतेनी बहिनी बलात्कार गरेको आरोपमा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।

नेपाली नागरिकलाई भारतमा फाँसीको सजाय सुनाइएको संभवतः यो पहिलो घटना हो।

ती युवक भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्ला जाजरदेवलमा बस्दै आएका थिए। आफैँ अभिभावक बनेर पाल्दै आएकी सौतेनी बहिनी बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती युवक ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए। गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएकी दिइन्।

प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएपछि उनलाई पिथौरागढका न्यायधीश डा।ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार मृत्युदण्डको सजाय सुनाएको हो।