आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउन सत्ता गठबन्धन सहमत

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार २२:५० मा प्रकाशित (२ साल अघि) २२१ पाठक संख्या

काठमाडौं । सत्तारुढ गठबन्धनले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने प्रस्तावमा सहमति जनाएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबदादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्री प्रस्ताव राखेको र गठबन्धनका शीर्ष नेताहरूले सहमति जनाएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने निर्णय भैसकेको छ । मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसका विदेश विभाग प्रमुखसमेत रहेका डा. खड्कालाई बुधबार बिहान नियुक्त गरिने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ । यस्तै अन्य मन्त्रीहरूको नाममा समेत बैठकमा छलफल भएको बताइएको छ ।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपस्थित थिए। यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको पनि बैठकमा सहभागिता थियो ।