आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

महिला उद्यमी तथा सामाजिक अभियन्ता अम्बिका के.सी. अर्याल सम्मानित

गोकर्णेश्वर खबर४ आश्विन २०७८, सोमबार ११:१२ मा प्रकाशित (२ साल अघि) ५७२ पाठक संख्या

४ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा महिला उद्यमी तथा सामाजिक अभियन्ता अम्बिका के.सी. अर्याल सम्मानित भएकी छिन् । गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले आईतबार के.सी.लाई सम्मान गर्नु भएको हो ।

अर्याल फेसन डिजाईनर तथा प्रशिक्षक हुन् । उनी सफल ह्याण्डीक्र्याफ्ट उद्यमीका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध भई सामाजिक सेवाको कार्यमा समेत अग्रसर रहँदै आएकी छिन् । उनी विभिन्न सामाजिक सम्मानबाट सम्मानित भईसकेकी छिन् ।

राष्ट्रिय नागरिक विकास समाजले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याति प्राप्त देशका विभिन्न जिल्लाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विश्व बौद्ध धर्म संघकी अध्यक्ष आनी भिमसुवा गुरुङ, महिला उद्यमी वसुमाया तामाङ, जिवजन्तु संरक्षण अभियन्ता पारु गुरुङ, वरिष्ठ सामाजिक अभियन्ता तारा प्रसाद त्रिपाठी, समाजसेवी ओम शंकर श्रेष्ठ, महिला नेतृ शोभा पाठक, धार्मिक अभियन्ता राखिन्द्र कुमार थिङ लगायतलाई सम्मान गरिएको थियो ।