आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्दै,मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार ०९:४९ मा प्रकाशित (२ साल अघि) १३२ पाठक संख्या

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने र समसामयिक घटनाक्रममा सत्तापक्षको रणनीतिबारे बैठकमा छलफल हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा लगातार अवरोध गर्दै आएको छ । एमालेको अवरोधपछि बैठकलाई कसरी अगाडि बढाउने भन्नेबारे पनि आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

सरकारले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै विपक्षीले आलोचना गरिरहेका छन् । गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीका लागि आआफ्नो पार्टीबाट नाम दिन गठबन्धनका नेताहरूलाई आग्रह गरेका थिए ।

तर एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टीको दर्ता प्रक्रिया नै अवैध रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दायर गरेको मुद्दाको किनारा नलागेसम्म मन्त्रिपरिषद् बिस्तार नहुने सत्ता गठबन्धनका एक नेताले बताए ।