आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष फतिमाबीच भेटवार्ता

गोकर्णेश्वर खबर२६ भाद्र २०७८, शनिबार १८:५३ मा प्रकाशित (२ साल अघि) १३४ पाठक संख्या

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को टोलीबीच भेट भएको छ ।

अर्थमन्त्री शर्मालाई एमसीसी उपाध्यक्ष फतिमा सुमारले एमसीसी कम्प्याक्ट संसदबाट शीघ्र पास गर्न अनुरोध गरिन् । भेटका क्रममा उनले संसदबाट एमसीसीलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

जवाफमा अर्थमन्त्री शर्माले २०१७ मा सम्झौता भएको कम्प्याक्टको विषयमा अहिले राजनीतिकस्तरमा छलफल भैरहेको र छलफलपछि उचित निर्णय निस्कने बताए ।

बिहीबार नेपाल आएकी उपाध्यक्ष सुमार मुख्य दलका शीर्ष नेताका साथै सरोकारवाला मन्त्रीहरुसँग एमसीसीको कम्प्याक्टको विषयमा छलफल गरिरहेकी छन् । विशेषगरी सत्ता गठबन्धनमा समेत एमसीसीबारे फरक धारणा रहेको सम्बन्धमा सुमारले प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटिरेहकी छिन् ।