आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

मोरङ जिल्ला अदालतका न्यायाधीश पराजुलीको कारले ठक्कर दिँदा महिलाको मृत्यु

गोकर्णेश्वर खबर२२ भाद्र २०७८, मंगलवार २०:४२ मा प्रकाशित (२ साल अघि) ५०५ पाठक संख्या

विराटनगर । विराटनगरमा मोरङ जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुली चढ्ने कारको ठक्करबाट महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया लक्ष्मी दाहाल छन् । उनी सोही अदालतकी क्यान्टिन संचालक हुन् ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी दाहालको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक जनार्दन जिसीले जानकारी दिए ।

अदालत परिसरमा भएको कार सार्ने क्रममा उछिट्एिर क्यान्टिनमा पुग्दा त्यहाँको सञ्चालकलाई ठक्कर लागेको छ’, उनले भने,‘अस्पताल लाँदा उपचारकै क्रममा उहाँको निधन भयो ।’

उनलाई मंगलबार मोरङ जिल्ला अदालत परिसरमा नै न्यायाधीश बा१४च ६०१६ नम्बरको कारले ठक्कर दिएको हो । तर, दुर्घटनाको समयमा गाडीभित्र न्यायधिश पराजुली नरहेको प्रहरी उपरीक्षक जीसीले जानकारी दिए ।