आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

गोकर्णेश्वर खबर२२ भाद्र २०७८, मंगलवार १९:४१ मा प्रकाशित (२ साल अघि) २३४ पाठक संख्या

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

मंगलबार प्रदेशको आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन्।

एमालेबाट मन्त्री रहेका उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रमका कारण राजीनामा दिनुपरेको बताए।

यसअघि पार्टीभित्रको आन्तरिक कलहका बेला माधव नेपाल पक्षमा रहेका यी दुबै सांसदहरू नेकपा एकीकृत समाजवादीमा भने गएनन्।

नेता भीम रावलको साथ नछोडेका शाह र गहतराजले एमालेमै रहने निर्णय गरे।

शाह २०७४ फागुनमा प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरूद्ध बनेको गठबन्धनमा उनी माधव नेपाल पक्षमा थिए। गएको जेठमा माओवादी नेतृत्वको वर्तमान प्रदेश सरकारबाट फिर्ता आउने एमाले केन्द्रीय कमिटीले निर्देशन दिए पनि अवज्ञा गर्दै शाहको नेतृत्वमा सात जना एमाले सांसद मन्त्री बनेका थिए।

उनले कानुन मन्त्रीबाट राजीनामा दिएर अर्थमन्त्री बनेका थिए।

अहिले पदका लागि पार्टी छोड्ने कुरामा आफू सहमत नभएर केन्द्रको निर्णय अनुसार सरकारबाट फिर्ता भएको शाहले बताए। उनी एमाले सुदूरपश्चिमका संसदीय दलका नेता पनि हुन्।