आज: २ जेष्ठ २०८२, बिहीबार | Thu, 15, May, 2025

कांग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

गोकर्णेश्वर खबर२२ भाद्र २०७८, मंगलवार ११:५९ मा प्रकाशित (३ साल अघि) २६७ पाठक संख्या

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।

मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्ने कांग्रेसले जनाएको छ।

बुधवारदेखि सुरु हुने संसद अधिवेशनमा प्रस्तुत हुने पार्टीको रणनीति तय गर्न बैठक बस्न लागेको कांग्रेसका एक सांसदले जानकारी दिए।

बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने तयारी काग्रेसले गरेको छ।