आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

२० गते गोकर्णेश्वरमा महिला हिंशा विरुद्ध कार्यक्रम हुँदै

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार २२:०३ मा प्रकाशित (२ साल अघि) ३९१ पाठक संख्या

१८ भदौ, काठमाडौं । प्रगती महिला समुह र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा महिला हिंशा विरुद्धको अभियान अन्तर्गत महिला सशक्तिकरण विषयमा अन्तर्क्रिया हुने भएको छ । महिला सशक्तिकरण र महिला हिंशा विरुद्ध अभियान विषयक अन्तर्क्रियाका साथै सम्मान कार्यक्रम समेत हुने आयोजकले बताएका छन् ।

भाद्र २० गते आईतबार वडा नं. ८ मा रहेको ओसीस पार्टी प्यालेसमा हुने कार्यक्रमका विशिष्ट वक्ताहरुमा महानायक राजेश हमाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्य, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, नेपाल आईडल विजेता रवि ओड हुने आयोजकले बताएका छन् ।

कार्यक्रमलाई बेशीगाउँ स्थित भेनस नेशनल कलेज, गोकर्णेश्वर ८ माकलबारीमा रहेको जिजि ट्राभलज लगायतको सहयोग रहने समेत बताईएको छ ।