आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

गढी गाउँपालिका–१ वडाध्यक्षको निधन

गोकर्णेश्वर खबर१७ भाद्र २०७८, बिहीबार १०:१६ मा प्रकाशित (३ साल अघि) १७९ पाठक संख्या

विराटनगर । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शंकर चौधरीको निधन भएको छ।

विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए।

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए। २०७४ सालको स्थानीयतहको निर्वाचनमा चौधरी नेकपा (एमाले) को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ। रासस