आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

उठ्न थाल्यो काठमाडौंमा थुप्रिएको फोहोर

गोकर्णेश्वर खबर१६ भाद्र २०७८, बुधबार १०:२५ मा प्रकाशित (३ साल अघि) ४०२ पाठक संख्या

काठमाडौ । काठमाडौ महानगर क्षेत्रमा थुप्रिएका फोहोर आज (बुधबार) देखि उठाइने भएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकसहित मंगलबार बसेको बैठकले महानगर क्षेत्रका विभिन्न स्थानमा थुपारिएका फोहोर आज बिहान उठाउन सुरु गर्ने निर्णय गरेको हो।

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने,’ ‘स्थानीय समस्या भए हामी समाधान गर्छौ। हामीले समाधान गर्न नसक्ने समस्या सम्बन्धित निकायसँग पहल गर्छौँ। तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन।’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए।

‘बैठकले मोटामोटी तीन–चार ओटा निर्णय गरेको छ,’ पराजुलीले भने, ‘पहिलो निर्णय नै काठमाडौँ उपत्यकाको फोहोर बुधबार विहान ६ बजेबाट उठाउने भयो।’

मेयर शाक्यका अनुसार २०६२ सालदेखि काठमाडौंको फोहोर सिसडोलमा व्यवस्थापन गर्ने गरिएको छ। त्यसको सबै जिम्मेवारी सहरी विकास मन्त्रालयको भएको उनको भनाइ छ।

‘काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ उनले भने।