आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

नगर प्रवक्ता ढुंगानाको पहलमा २२५ विद्यार्थीहरुलाई पोसाक वितरण

गोकर्णेश्वर खबर१५ भाद्र २०७८, मंगलवार २१:०४ मा प्रकाशित (२ साल अघि) १६३ पाठक संख्या

१५ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाको पहलमा विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ । कागेश्वरी मनोहरा २ आलापोटमा रहेका श्री बाल विकास मा.वि.मा कक्षा १ देखि १२ सम्मका २२५ विद्यार्थीहरुलाई ट्रयाकशुट वितरण गरिएको हो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका केन्द्रिय सदस्य विमल ठकुरी, प्रधानाध्यापक राजकुमार वाईबा तथा पोशाक सहयोग गर्ने दाताहरु छिरिङ वाङचुक लामा, तेञ्जिङ साङ्गे लामाले बालबालिकालाई पोशाक हस्तान्तरण गरेका थिए ।

पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रवक्ता एवम् वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले आर्थिक अवस्था कमजोर भएर कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताए । उनले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्न आफू सधैं तयार रहेको समेत बताए ।

नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका केन्द्रिय सदस्य विमल ठकुरीले शैक्षिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाको भविष्य शिक्षाको उज्यालोमा चम्कने धारणा व्यक्त गरे ।

यसैगरी प्रधानाध्यापक राजकुमार वाईबाले सहयोगका लागी सबैलाई धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरुलाई हौसला बढ्ने बताए ।