आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

देशभर एकसाथ वडा अधिवेशन गर्ने कांग्रेसमा जुट्यो सहमति

गोकर्णेश्वर खबर१२ भाद्र २०७८, शनिबार १०:३६ मा प्रकाशित (३ साल अघि) १०० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसमा देशका सबै (७७ वटै) जिल्लामा एकसाथ वडा अविधेशन गर्ने सहमति भएको छ।

चाक्सीबारी स्रोतका अनुसार शुक्रबार राति प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भएको भेटमा देशभरका सबै वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको हो।

हिजो चाक्सीबारीमै बसेको पौडेल पक्षको बैठकले ७७ वटै जिल्लामा एकसाथ अधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। जिल्ला सभापतिहरुको अनसन तोडाउने विषयमा देउवालाई दवाब दिने उद्देश्यले पौडेल राति देउवालाई भेट्न गएका हुन्।

कांग्रेसका जिल्ला सभापतिहरु कृयाशील सदस्यहरुको सूची सार्वजनिक गर्नुपर्ने लागयतका तीन बुँदे माग राख्दै ९ भदौदेखि रिले अनशनमा छन्। ८ गते उनीहरुले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए।

कांग्रेस नेता कृष्ण सिटौला, डा.मिलेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले आज दिनभर गृहकार्य गरेर जिल्ला सभापतिहरुको अनशन तोडाउने सम्भावना रहेको चाक्सीबारी स्रोतले जनाएको छ।